Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

रुस-युक्रेन युद्धः फ्रान्सद्वारा रुसी केन्द्रीय बैंकको २२ अर्ब ८० करोड युरो जफत !

२०७८ चैत्र ३० गते


बैंकिङ खबर/ फ्रान्सले करिब २५ अर्ब डलरभन्दा धेरै मूल्यको रुसी सम्पत्ति जफत गरेको छ । फ्रान्सको अर्थमन्त्रालयका अनुसार रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता उक्त रुसी सम्पत्ति जफत गरिएको हो ।

मन्त्रालयका अनुसार २२ अर्ब ७० करोड युरो अर्थात् २५ अर्ब ६० करोड अमेरिकी डलरबराबरको सम्पत्तिमध्ये अधिकांश सम्पत्ति रुसी केन्द्रीय बैंकको छ ।रुसी केन्द्रीय बैंकसँग सम्बन्धित २२ अर्ब ८० करोड युरोबराबरको सम्पत्ति जफत गरिएको छ ।

त्यस्तै ३३ वटा रियल स्टेट सम्पत्ति जफत गरिएको छ, जसको मूल्य करिब ५७ करोड ३६ लाख युरो हुन्छ ।  त्यस्तै फ्रान्सले तीनवटा नौका, ६वटा हेलिकोप्टर पनि जफत गरेको छ । युक्रेनमा आक्रमण गरेपछि ईयूका मुलुकले कडा प्रतिबन्ध लगाएका छन् ।