महानायक राजेश हमाल एनएमबी बैंकको 'ब्राण्ड एम्बेसेडर'का रुपमा अब तपाईको घरमा आउँदैछन् । राजेशसहित 'बैंकका कर्मचारीले तपाईको घरमै आएर बैंकको खाता खोलिदिनेछन् । उनीहरुले तपाईको घरमा आएर आफैले फोटो खिचेर बैंक खाता खोलीदिनेछन् । बैंकले आफ्ना शाखा भएका सबै जिल्लाहरुमा यो अभियान संचालन गर्ने बताएको छ । त्यतिमात्र कहाँ हो र, तपाईलाई बैंक खाताका विशेषता र खोल्दाका फाइदालगायत वित्तीय साक्षरताबारे चेतनामूलक नाटक पनि देखाउनेछन् ।
हालै एनएमबी बैंकले ‘एकघर, एकखाता’ योजना सार्वजनिक गरेको छ । जुन योजनाअनुसार देशैभर वित्तीय साक्षरता सहितको अभियान चलाइने छ । सो बैंकले आफ्ना शाखा रहेका जिल्लाहरुमा वित्तीय साक्षरता सहित सर्बसाधारणलाई बैंक खाता खोल्नमा सहजीकरण गर्ने छ ।



