लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा विहीबार आफ्नो शाखाहरु बुर्तीबाङ्ग (बागलुङ्ग) र गल्याङ्ग (स्याङ्गजा)मा शुभारम्भ गरेको छ । आफ्नो सेवाहरु सहज रुपमा पुर्याउने लक्ष्यले बैंकले पश्चिमाञ्लका यी दुई नयाँ शाखाहरु संचालनमा ल्याएकोे हो । यो शाखाबाट बैंकले बुर्तीबाङ्गर गल्याङ्गजस्तो बैकिङ्ग क्षेत्रमा पहुँच नभएका बजारहरुमा ग्राहकहरुलाई शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोनमार्फत बैंकिङ्ग सेवा प्रदान गर्नेछ । लक्ष्मी बैंकको शाखा संजाल अब ५४, २ विस्तार काउन्टर र ७३ एटिएम पुगेको छ ।
सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथै व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तिगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ । विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको जनाएको छ । जसअनुरुप देशका विभिन्न क्षेत्रका लघुउद्यमी तथा कृषकहरुलाई सरल रुपमा कर्जा र वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन र वित्तीय व्यवस्थापनमा मद्दत पुर्याइरहेको बैंकको दाबी छ । आगामीदिनहरुमा बैंकले अझ धेरै शाखाअनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।



