Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल राष्ट्र बैंक विराटनगरद्वारा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

२०७८ चैत्र १० गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयले ग्लोबल मनि विक २०२२ को अवसरमा उदयपुर जिल्लाको बेलका नगरपालिका ४ स्थित जनता नमुना मा.वि. गुरुङचौरीमा “वित्तीय चेतना अभिवृद्धि कार्यक्रम” सम्पन्न गरेको छ ।

नेपाल राष्ट्र बैंक विराटनगरका कार्यालय प्रमुख निर्देशक मीना पाण्डेको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रमको प्रमुख अतिथि जनता नमुना मा.वि. का विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोज तामाङ रहेका थिए ।

उक्त कार्यक्रममा सहायक निर्देशक निर्जल घिमिरेले ग्रामिण क्षेत्रमा रहेका मानिसहरुको बैंक तथा वित्तीय संस्थासम्म पहुँच बढाउने र बैंकिङ कारोवारका लागि लक्षित समुहलाई अभ्यस्त बनाउन बैंक खाता, बचतको आवश्यकता र यसको फाइदा, कर्जा र कर्जाको सहि सदुपयोग, बीमाको महत्व, विप्रेषण पठाउदा ध्यान दिनुपर्ने कुराहरु, उद्यमशिलताको विकास, सफा नोट नीति, जाली नोट पहिचान गर्ने विधि लगायतका विषय समेटिएको वार्ता प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा सो विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य, विभिन्न संकायमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी तथा स्थानीय गरी ८० जनाको सहभागिता रहेको थियो । प्रधान सहायक रमेश निरौलाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै स्वागत मन्तब्य राखेका थिए । प्रधान सहायक सुजन विश्वकर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।

Ad