नेपाल क्लियरिङ्ग हाउसले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) मा भुक्तानी लिने (Direct Debit) सेवाअन्तर्गत इन्स्योरेन्स (बिमाशुल्क) भुक्तानी, किस्ताशुल्क भुक्तानी र क्रेडिट कार्ड शुल्क भुक्तानी सेवा थप गरेको छ । कम्पनीले सेवा विस्तारको क्रममा समावेश गरिएका यी प्रडक्टहरुमार्फत ग्राहकहरुले सेवा लिएवापत आफ्नो खाताबाट सेवाप्रदायक कम्पनी (बीमाकम्पनी र बैंक) को कुनै पनि खातामा आफ्नो बैंक खाताबाट सिधै भुक्तानी दिने (Direct Credit) अथवा सेवाप्रदायक कम्पनीले आपसी सहमतिमा ग्राहकहरुको कुनै पनि खाताबाट सोझै भुक्तानी लिन मिल्ने (Direct Debit) जस्ता दुवै प्रवृतीका कारोबारहरु गर्न सक्ने बताएको छ । (Direct Debit)का लागि भने ग्राहकले कम्पनीलाई अग्रीम मंजुरी (Mandate) प्रदान गरेको हुनुपर्ने समेत कम्पनीले स्पष्ट पारेको छ ।
यस अघि कम्पनीले कस्टमर टान्सफर, ट्रेजरी पेमेन्ट, सरकारी भुक्तानी, लाभाशं भुक्तानी,आईपीओ रिफन्ड, रेमिटेन्स भुक्तानी र तलब भुक्तानी जस्ता म्ष्चभअत ऋचभमष्त प्रवृतिका प्रडक्टहरु संचालन गर्दै आएको थियो । थप गरिएका प्रडक्टहरुमार्फत ग्राहकले नियमित गर्नुपर्ने भुक्तानीहरु सहज रूपमा गर्न सक्ने कम्पनीको दाबी छ । ग्राहकले कुनै पनि प्रत्यक्ष सदस्यमार्फत उक्त सेवाहरु प्राप्तगर्न सक्नेछन् । हालसम्म NCHL-IPS मा ६२ बैंक तथा वित्तीय संस्थाहरु प्रत्यक्ष सदस्यको रुपमा रुपमा र ३ रेमिट कम्पनीहरु अप्रत्यक्ष सदस्यको रुपमा आवद्घ रहेका छन् ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड नेपालमा विद्युतीय भुक्तानी एंव फछ्र्यौटसम्बन्धी आवश्यक प्रणालीहरुको स्थापना गरी अग्रणी सेवाप्रदायकको रुपमा विकसित गर्ने लक्ष्यसहित नेपाल राष्ट्र बैंकको अगुवाईमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजि प्रा. लि.को पहलमा स्थापित कम्पनी हो । कम्पनीको हालसम्म विद्युतीय चेक क्लियरिङ्ग (NCHL-ECC) र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली NCHL-IPS संचालनमा रहेकोमा विविध राष्ट्रिय भुक्तानी एंव फछ्र्यौट प्रणालीको स्थापना गरि राष्ट्रिय भुक्तानी द्धार (National Payment Gateway)को रुपमा आफुलाई स्थापना गर्ने उद्देश्य NCHL को छ ।