२०७३ भाद्र २८ गते

जनता बैंकमा खाता खोल्दा ‘दुर्घटना र घर बीमा’को सुविधा

janata bank 1जनता बैंकले जनता कवच नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु र एक करोड रुपैयाँसम्मको घर बीमा सुविधासहितको नयाँ बचत खाता सञ्चालनमा ल्याएको हो ।

नयाँ खाता खोल्नेले खातामा रहेको रकमको २० गुणा वा एक करोड रुपैयाँ बराबरको घर बीमा सुविधा पाउने छन् । नयाँ खाताले आम जनतालाई बचत मात्र नभइ सुरक्षासमेत प्रदान गर्ने बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।