Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल धितोपत्र बोर्डले ‘विश्व वित्तीय सप्ताह’ मनाउने

२०७८ चैत्र ४ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विश्व वित्तीय सप्ताह (Global Money Week) मनाउने भएको छ । बोर्डले युवाहरुमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उदेश्यले चैत ७ गते देखि चैत १३ गतेसम्म विश्व वित्तीय सप्ताह मनाउने भएको हो ।

सप्ताह कार्यक्रम Organisation of Economic Cooperation and Development (OECD/INFE) काे आयोजनामा वार्षिक रूपमा मनाइने कार्यक्रमकाे रूपमा रहेकाे र   बोर्डले पनि नेपाल राष्ट्र बैंकको समन्वयमा विश्व वित्तीय सप्ताह मनाउन लागिएको जनाएको छ । कार्यक्रममा धितोपत्र बजारमा रहेका नेप्से, सिडिएससि, मर्चेन्ट बैंकर, धितोपत्र दलाल, व्यसायी, रेटिङ्ग एजेन्सी समेत सहभागी हुने बोर्डको भनाई छ ।

धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुको हकहितको संरक्षण गर्ने मुख्य उदेश्य लिएको बोर्डले पूँजी बजार सम्बन्धी साक्षरतामा अभिबृद्धि गर्न सहयोग पुग्ने बोर्डले जनाएको छ ।

धितोपत्र बजार सम्बन्धमा भएका द्विविधा हटाउने, बजारसम्बन्धी जानकारी तथा सचेतना अभिवृद्धि मार्फत सवलीकरण गरी बजार प्रवेशमा प्रोत्साहित गर्न पनि सहयोग पुग्ने बोर्डको अपेक्षा छ ।

Ad