March 17th, 2022

स्थानीय तह निर्वाचनः चुनावी खर्च बैंकिङ प्रणालीबाट


बैंकिङ खबर/ स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले गर्ने चुनावी खर्च बैंकिङ प्रणालीबाट गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले बिहीबार आचार संहिता जारी गर्दै सो जानकारी गराएको हो ।

महानगरको मेयरका उम्मेदवारले साढे ७ लाख खर्च गर्न पाउनेछन् । निर्वाचन आचार संहिताअनुसार चुनावमा गरिने खर्चका लागि उम्मेदवारहरुले बैंक तथा वित्तिय संस्थामा खाता खोल्नुपर्नेछ । खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्नेछ । राजनीतिक दलले पनि चुनावसम्बन्धी खर्च गर्दा बैंक खातामार्फत दलले तोकेको जिम्मरवार पदाधिकारीमार्फत खर्च गर्नुपर्नेछ ।

५० हजारभन्दा बढी आर्तिक सहयोग लिँदा बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्नेछ । दल र उम्मेदवारहरुले आम्दानी र खर्चको विवरण निर्वाचन कार्यालयलाई बुझाउने निर्वाचन आचार संहितामा उल्लेख छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]