Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनएमबी बैंकमा अनलाइनबाट दिइने सेवा थप, भिडियो कलबाटै खाता खोल्न सकिने

२०७८ चैत्र ३ गते

बैंकिङ खबर/ एनएमबी बैंकले भिडियो कलबाटै खाता खोल्न सकिने व्यवस्था गरेको छ। देश वा विदेशमा रहेकाले भिडियो कलबाट खाता खोल्नुका साथै डिम्याट, मेरो शेयर र सिआरएन पनि अनलाइनबाटै लिन सक्ने व्यवस्था गरिएको बैंकले जानकारी गराएको छ।

ग्राहकहरूले एनएमबी बैंकमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न बैंकको डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्नु पर्नेछ। ‘एनएमबि बैंकले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ। ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नआईकनै बैंकिङ गतिविधिहरु संचालन गर्न सक्दछन्’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘हालको परिवेशमा यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी सहज ढंगले, पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ सेवा प्रदान गर्दछ। यस बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङका सदस्यको नाताले बैंकको वातावरण मैत्री बैंकिङप्रति पूर्ण प्रतिबद्धतालाई यस्तो प्रकारको सेवाले परिपुर्ति गर्नु रहेको छ।’

एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटीएमहरू, १० एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा दिँदै आएको छ।

Ad