Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंक ब्याजदर घटाउन उद्योगी व्यावसायीको माग

२०७८ चैत्र १ गते


बैंकिङ खबर/ उद्योगी व्यवसायीहरुले बैंकको संस्थागत निक्षेप ब्याजदर घटाउन माग गरेका छन् । नेपाल राष्ट्र बैंकको विराटनगरस्थित कार्यालय पुगेका उनीहरुले यस्तो माग गरेका हुन् ।

उद्योगीव्यापारीले संस्थागत निक्षेपको ब्याजदर ६ प्रतिशत कायम गर्नुपर्ने, उत्पादनमूलक उद्योगलाई बैंक ऋण सहज गर्नुपर्ने, स्वदेशी उद्योगलाई संरक्षण गर्नुपर्ने, उद्योग–व्यवसायलाई एकल अंकको ब्याजदरमा कर्जा गर्नुपर्ने, महँगी बढ्दै गएकोले सरकारले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्नेलगायतका माग उद्योगीव्यापारीले राखेका छन् ।

संस्थागत निक्षेपको ब्याजदर घटाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाउन राष्ट्र बैंक पुगेका थिए । तर सुरक्षाकर्मीहरुले उनीहरुलाई भित्र पस्न दिएनन् । त्यसपछि राष्ट्र बैंकका प्रमुख मीन पाण्डे आफैँ बाहिर आएर ज्ञापनपत्र बुझेकी थिइन् । ज्ञापनपत्र बुझ्दै प्रमुख पाण्डेले उद्योगीव्यापारीले उठाएका मागहरुका विषयमा सम्बन्धित निकायमा जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजूले ज्ञापनपत्र बुझाउन खोज्दा सुरक्षाकर्मीले दुव्र्यवहार गरेको समेत बताएका छन् । मोरङ व्यापार संघले यसअघि जिल्ला प्रशासन कार्यालय मोरङमा पनि ज्ञापनपत्र बुझाएको थियो ।

Ad