Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

अमेरिकी डलरकाे मूल्यमा सामान्य गिरावट, यस्ताे छ विनिमय दर

२०७८ फाल्गुन २७ गते

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ८० पैसा र बिक्री दर १२२ रुपैयाँ ४० पैसा कायम गरेको छ। बिहीबार अमेरिकी डलरको खरिददर १२२ रुपैंयाँ २० पैसा र बिक्रीदर १२२ रुपैंयाँ ८० पैसा कायम गरिएको थियाे।

यस्तै युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ३९ पैसा र बिक्री दर १३५ रुपैयाँ छ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ३३ पैसा र बिक्री दर १६१ रुपैयाँ १२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ २९ पैसा र बिक्री दर १३१ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ३८ पैसा र बिक्री दर ८९ रुपैयाँ ८२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४५ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५१ पैसा र बिक्री दर १० रुपैयाँ ५६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ २६ पैसा र बिक्री दर १९ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिद दर ३२ रुपैँयाँ ४७ पैसा र बिक्री दर ३२ रुपैयाँ ६३ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ २५ पैसा र बिक्री दर ३३ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ आठ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ३३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९३ पैसा र बिक्री दर ९ रुपैयाँ ९८ पैसा कायम भएको छ।

Ad