
बैंकिङ खबर/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंकका तत्कालीन शाखा प्रबन्धकसहित ४ जनाविरुद्ध काठमाडौं विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले उनीहरुलाई गलत लिखत तयार गरी भ्रष्टाचार गरेको पुष्टि भएसँगै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ । मुद्दा दायर हुनेमा नेपाल राष्ट्रिय वाणिज्य बैंक जुम्लाका तत्कालिन शाखा प्रबन्धक रामजनक चौधरी, बि.टी. निर्माण सेवा र सोका तत्कालीन निर्देशक माधव प्रसाद भण्डारी, फस्कु निर्माण सेवा र सोका प्रोपाइटर अर्जुन बहादुर बुढाथोकी, टौदह कन्स्ट्रक्सन र ठेक्का नं। ०३–०७०–०७१ का लागि जे।भी।का प्रतिनिधि पुन्न बहादुर शाही रहेका छन् ।
दाङको सडक कार्यालय अन्तर्गत ठेक्कामा पेश्की लिन मिलेमतो गरेको, सम्बन्धित निर्माण व्यवसायी वि.टी.रटौदहरफस्कु जे.भी. काठमाडौंले पेश गरेको बैंक जमानत नक्कली भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनीहरुले भ्रष्टचार गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।