
बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी काठमाडौंबाट पक्राउ परेका छन्। काठमाडौंकाे नयाँ बानेश्वर बस्ने अर्घाखाँची मालारानी गाउँपालिका–२ का ४९ वर्षीय कृष्णप्रसाद बन्जाडेलाई प्रहरीले पक्राउ गरेको हो।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको ०७७ पुस २४ र ०७८ मंसिर २१ गतेको फैसलाले उनीमाथि ४ दिन कैद र ११ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
फरार रहेका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले थापागाउँबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको महाशाखाले जनाएको छ।