Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकको ‘समृद्ध नारी रिकरिंग निक्षेप खाता’, यस्ता छन् विशेषताहरु

२०७८ फाल्गुन २३ गते

बैंकिङ खबर/ नेपाल बैंक लिमिटेडले अन्तराष्ट्रिय नारी दिवस, २०२२ का अवसरमा महिलालाई लक्षित गरि विभिन्न बैंकिङ तथा इन्स्योरेन्स सुविधा सहितको नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ ।

मासिक न्युनतम २५ हजार रुपैयाँ र  सोहि गूणांकमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निशुल्क लकर सुविधा लगायत थुप्रै बैंकिङ सुविधाहरु रहेको बैंकले जनाएको छ ।

१० लाख रुपैयाँ बराबरको दुर्घटना बिमा सुविधा समेत रहेको उक्त खाता बचत प्रकृतिको भएता पनि उक्त खातामा मुद्दती निक्षेप सरहको उच्चतम ब्याजदर रहेको बैंकको भनाइ छ ।  

Ad