Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैंकका थप ३ वटा शाखा चितवनमा

२०७८ फाल्गुन १८ गते


बैंकिङ खबर/ कामना सेवा विकास बैंक लिमिटेडले थप ३ वटा शाखा चितवनमा विस्तार गरेको छ । आफ्नो सेवा विस्तार गर्ने क्रममा बागमती प्रदेश अन्तर्गत चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं.०८ स्थित पर्सा बजारमा १३०औँ, कालिका नगरपालिका वडा नं. ०४ स्थित पदमपुरमा १३१ औँ र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा१३२ औँ शाखा कार्यालय स्थापना गरी बुधबारदेखि कारोबार शुभारम्भ गरेको हो ।

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ । बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

Social Media Banking, Internet Banking, Moblie Banking, SMS Banking जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकका यस संगै १३२ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ४ वटा शाखारहित बैंकिङ सेवातथा ७७ वटा ATM मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

Ad