Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई आगन्तुक रिसोर्टमा विशेष छुट

२०७८ फाल्गुन १६ गते

बैंकिङ खबर/ नेपालको पहिलो बैंक नेपाल बैंकका कर्मचारी, कर्मचारीका परिवार सदस्यहरू र ग्राहकहरूलाई धुलिखेलको आगन्तुक रिसोर्टमा २५ प्रतिशतसम्म विशेष छुट पदान गर्ने सम्झौता गरिएको छ।

नेपाल बैंक र आगन्तुक रिसोर्टबिच सोमबार भएको सम्झौता बमोजिम नेपाल बैंकका कर्मचारी र कर्मचारीका परिवार सदस्यहरूलाई आगन्तुक रिसोर्टमा खाना तथा आवासमा २५ प्रतिशत र पेय पदार्थमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो।

त्यसैगरि यस बैंकको डेविट कार्ड ,क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग, इन्टनेट बैंकिङ्ग र क्युआर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई पनि उक्त छुट दिने व्यवस्था गरिएको छ । नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा भएको उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख वित्त अधिकृत होमबहादुर खड्का र आगन्तुक रिर्सोटको तर्फबाट बोर्ड संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरे। उक्त कार्यक्रममा नेपाल बैंकका प्रमुख वित्त अधिकृत होमबहादुर खड्काले आगन्तुक रिसोर्टले नेपाल बैंकका कर्मचारी र ग्राहकहरुलाई विशेष छुट प्रधान गर्ने निर्णय गरेकोमा रिेसोर्ट प्रति र्र्र्हािर्दक आभार व्यक्त गरेका थिए।

आगन्तुक रिर्सोटका बोर्ड संयोजक कृष्ण ज्ञवालीले नेपालको ठूलो र सबल बैंकसँग सहकार्य गर्ने पाउँदा खुसी व्यक्त गर्दे आगामी दिनमा यो सहकार्य थप मजबुत हुँदै जाने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा नेपाल बैंकका बजारिकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कंडेल र आगन्तुक रिसोर्टका मार्केटिङ्ग प्रमुख प्रभाकर खड्का लगायतको पनि उपस्थिति रहेको थियो ।

Ad