
बैंकिङ खबर/ मुक्तिनाथ विकास बैंकले मनोरम समाजलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको लोकन्थली स्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माण सम्बन्धी कार्य गर्न मनोरम नगर समाजलाई आर्थिक सहयोग गरेको हो ।
बैंकको उक्त सहयोगबाट पार्क निर्माणको कार्य सम्पन्न गर्न तथा वृक्षारोपण तथा सम्भार गर्न मद्दत पुग्ने मनोरम नगर समाजले जानकारी दिएको छ ।