
बैंकिङ खबर/ काठमाडौं महानगरपालिका १ नक्साल भगवतीबहालस्थित सगरमाथा इन्स्युरेन्स भवनमा रहेको एनआईसी एसिया बैंकको एटीएम फोर्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सानोगौचरण बस्ने काभ्रे धुलिखेल नगरपालिका ७ घर भएका २१ वर्षीय आकाश तामाङ रहेका छन् । महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले आकाशलाई एटीएम फोर्न प्रयोग गर्ने औजारसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।