Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

एनआईसी एशिया लघुवित्तकाे कर्जा व्यवस्थापन सम्बन्धी ५ दिने सम्मेलन सम्पन्न

२०७८ फाल्गुन १२ गते

बैंकिङ खबर/ एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि.ले लुम्बिनी प्रदेशका सम्पूर्ण कर्मचारीहरुलाई जोखिम व्यवस्थापन, कर्जा असुली तथा भाखा नाघेको कर्जा व्यवस्थापन ५ दिने सम्मेलन सम्पन्न गरेको छ।

फागुन ९ देखि १२ गतेसम्म विभिन्न स्थानमा भएको सम्मेलनमा शाखा दैनिक सञ्चालन गर्दा देखिने जोखिम, जोखिमका प्रकार, जोखिम व्यवस्थापनका विभिन्न उपायहरु र गुणस्तरीय कर्जा लगानी, कर्जा सदुपयोगिता, उद्यम विकास तथा भाखा नाघेका कर्जा व्यवस्थापन, कानुनी कारवाही, बर्तमान र भविष्यमा आईपर्ने जोखिम र तिनको व्यवस्थापन लगायतका विषयमा प्रमुख कार्यकारी अधिकृत लक्षमण चालिसे र कर्जा असुली प्रमुख बिमल नेपालले सहजीकरण गरेका थिए।

उक्त सम्मेलनमा लुम्बिनी प्रदेश प्रमुख अमरनाथ सेढाई, लुम्बिनी प्रदेश अन्तर्गतका भूमही, कोटिहवा, बोडगाउँ, लमहि र चपरगौडि उपप्रदेश प्रमुखहरु लगायत त्यस क्षेत्रका सम्पूर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो।

सम्मेलनको समापनमा बोल्दै प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले एनआईसी एशिया लघुवित्त सेवाग्राही सदस्यहरुको पहिलो रोजाई तथा अग्रणी लघुवित्त बन्न कर्मचारीलाई लगानीलाई मात्र जोड नदिई सेवाग्राही सदस्यहरुको उद्यमशीलता विकास तथा वित्तीय साक्षरता लगाएका विषयमा ध्यान दिन र कर्मचारीलाई लगनशील भई कार्य गर्न निर्देशन दिएका थिए।