
बैंकिङ खबर/ लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको अनुमति लिई अब विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्न सक्ने भएका छन् ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामार्फत यस्तो व्यवस्था गरेको हो ।
मौद्रिक नीतिको समीक्षाको समीक्षामा भनिएको छ, ‘लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैँकबाट अनुमति लिई विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी, यस बैँकबाट भुक्तानी सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त संस्थाले सहकारी संस्थाका ग्राहक सदस्यलाई सरकारी राजस्व भुक्तानी र utility payment प्रयोजनका लागि सहकारी संस्था मर्चेन्टको रुपमा आफ्नो प्रणालीमा आवद्ध गर्न सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।’



