Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ

२०७८ माघ २५ गते

बैंकिङ खबर/ बैंकिङ कसुरको मुद्दामा फरार रहेकी एक महिला पक्राउ परेकी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले एक महिलालाई मंगलबार पक्राउ गरेको हो ।

नुवाकोट विदुर नगरपालिका–११ घर भई काठमाडौंको टोखा नगरपालिका–३ धनेश्वर बस्ने ४१ वर्षीया अम्बिका बुढाथोकी पक्राउ परेकी हुन्।

सिद्धार्थ बैंक लिमिटेडमा रहेको खातामा पैसा नभएको जानेर पनि उनले एक पीडितलाई चेक काटेर दिएकी थिइन्। पछि चेक बाउन्स भएपछि पीडितले बुढाथोकीविरूद्ध जाहेरी दिएका थिए।

त्यस मुद्दामा उच्च अदालत पाटनले कात्तिक २३ गते बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम १७ लाख ४२ हजार ८७७ रुपैयाँ जरिवाना र ६ दिन कैद ठहर गरेको थियो। तर उनी फरार थिइन्। खोजतलास एवं पक्राउ गर्न परिचालित सिआइबीको टोलीले उनलाई ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको हो।

Ad