Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७८ माघ २२ गते


बैंकिङ खबर/ कृषि विकास बैंक लि. शाखा कार्यालय रतुवामाईको प्रमुख आयोजनामा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम रतुवामाई नगरपालिका वडा नं. १० सोमबारे, मोरङस्थित आफ्नै भवनमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा अतिथि संस्थाको रुपमा मौलीबारी कृषि सहकारी संस्था, सोमबारे रहेको थियो ।

कार्यक्रमको अध्यक्षता कृषि बिकास बैंक लि. शाखा कार्यालय रतुवामाईका प्रबन्धक जिरन बुढाथोकीले गरेका थिए । त्यस्तै उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा रतुवामाई नगरपालिका वडा न. १० का वडा प्रमुख टंक प्रसाद ढकालले गरेका थिए ।

उक्त कार्यक्रममा अतिथिको रुपमा मौलीबारी कृषि सहकारी संस्थाको अध्यक्ष उद्वव कार्की, त्यस्तै अतिथिको रुपमा महेन्द्र माध्यामिक विद्यालय, सोमबारेका प्र.अ. चिरन्जीवी निरौंला, समाजसेवी खेमराज निरौला, स्थानीय ब्यापारी टिकाराम न्यौपाने, स्थानीय समाजसेवी दिपेश आचार्य, भुतपुर्व सांसद तथा हाल स्थानीय समाजसेवी गंगा डांगी, स्थानीय उद्यमी देवेन्द्र पौडेल, स्थानीय गोपेश्वर कृषि सहकारी संस्थाका अध्यक्ष कमल प्रसाद आचार्य, शाखा कार्यालय रतुवामाईका कर्मचारीहरु भुपाल बिष्ट, बिनोद अधिकारी, लक्ष्मी राई लगायत एक सय भन्दा बढी स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कृषि विकास बैंक लि. शाखा कार्यालय रतुवामाईका कर्मचारी भुपाल बिष्टले वित्तीय साक्षरताको अर्थ, महत्व, वित्तीय साक्षरताका विषयबस्तुहरु र उक्त शिक्षाको साथर्कता माथी प्रकाश पारेका थिए ।

बिष्टले वित्तीय शिक्षाको माध्यमबाट नेपालको दुरदराजमा रहेका कृषकहरुको जिवनस्तर उकास्नका लागी उनिहरुसंग रहेको सिमित साधनको अधिकतम उपयोग गरी असीमित आवश्यकताहरुलाई प्राथमिकताको आधारमा पुरा गर्न ब्यवस्थित बजेट बनाउने तरिका सिकाउन तथा सीमीत साधनको व्यवस्थित परिचालन र उच्चतम सदुपयोग गर्ने कला, सीप र ज्ञान वित्तीय साक्षरताले प्रदान गर्ने कुरामा जोड दिए ।

बिष्टले नेपालको सन्दर्भमा वित्तीय साक्षरता कार्यक्रम अत्यन्त आवश्यक रहेको कुरा जिकिर गर्दे उक्त शिक्षाले मात्र नेपालीहरुको बैंकिङ पहुँचमा वृद्धि हुने र वित्तीय समावेशीकरणमा टेवा पुग्ने बताए ।

साथै शाखा कार्यालय रतुवामाई का कर्मचारी विनोद अधिकारी बाट डिजिटल बैंकिङ्ग सम्बन्धि थप जानकारी प्रदान गर्दै यस क्षेत्रका बासिन्दालाई डिजिटल प्रविधि मैत्री हुनको लागी आह्वान  गरे ।

अधिकारीले उक्त कार्यक्रम मार्फत हाल बैंकले प्रदान गर्दे आएको सेवासुबिधाहरु माथी प्रकाश पार्दे बैंकको ५५औं वार्षिक जन्मोत्सवको उपलक्ष्यमा प्रदान गरेको विशेष छुटहरु (विद्युतिय बैंकिङ सेवाहरुमा मिति २०७८ माघ ७ गते देखि २०७८ फाल्गुण ७ गते सम्म रेजिष्ट्रेशन गर्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट) को बारेमा जानकारी दिँदै उक्त आकर्षक छुटको भरपुर सदुपयोग गर्न अपिल समेत गरे ।

उक्त कार्यक्रममा शाखा कार्यालय रतुवामाईका प्रबन्धक जिरन बुढाथोकीले आफनो भनाईमा वित्तीय साक्षरताको माध्यमबाट ग्रामिण भेगमा रहेका गरिब जनता, किसानहरुको आर्थिक तथा वित्तीय स्थीतीमा सुधार आउने कुरामा जोडदिए ।

वित्तीय साक्षरताको माध्यमबाट व्यक्तिलाई आफनो वित्तीय निर्णय गर्न सिकाउने कुरामा जोड दिए । बुढाथोकीले उक्त कार्यक्रम मार्फत कृषि बिकास बैंक लि. ले प्रदान गरेका सम्पुर्ण कर्जा सुविधाहरुको बारेमा विस्तृत जानकारी दिदै यस क्षेत्रमा रहेका व्यापारीहरु, कृषि उद्ममीहरु ,महिला उद्ममीहरु, तथा अन्य पेशामा आवद्घ रहेका व्यक्तिहरुलाई व्यवसायिक कार्यतालिकासहित बैंकमा कर्जा सुबिधाको लागी आउनुहुने उद्ममीहरुलाई बैंकले कुनै कसुर नराखि सहयोग गर्ने प्रतिबद्वता प्रकट गरे ।

लामो समय पछि पुनःस्थापना भएको बैंकको शाखालाई फलाउन, फुलाउन र यसको प्रगतीको बाटोतर्फ अगाडि बढाउनको लागी स्थानीयबासीको साथ सहयोग र सहकार्य आवश्यक हुनेहुदा उक्त कुराको अपेक्षा समेत प्रकट गरे ।

हाल कृषि विकास बैंक अन्य निजी स्तरबाट सन्चालित बैंकले प्रदान गर्ने सेवाहरु भन्दा थप सेवाहरु लिएर यस क्षेत्रको बिकासको लागी सम्पुर्ण बैंकिङ सेवा सुबिधा सहितको तपाई हाम्रो घर आँगनको बैंक, कृषि विकास बैंक आएको बताए ।
कार्यक्रमको प्रमुख अतिथि रतुवामाई नगरपालिका वडा न.१० का वडा प्रमुख टंक प्रसाद ढकालले वित्तीय साक्षरता कार्यक्रममार्फत वडा बासीहरुलाई वित्तीय चेतना शिक्षा प्रदान गरेकोमा कृषि विकास बैंक शाखा कार्यालय रतुवामाईलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्नको लागि आग्रह गरे ।

वडा प्रमुखले कृषि बिकास बैंकले नेपालको कृषि क्षेत्रलाई ब्यवसायिकीकरण, आधुनिकीकरणमा पु¥याएको योगदानको उच्च प्रसंशा गर्दै आगामी दिनमा पनि उक्त कार्यलाई निरन्तरता दिन शुभकामना प्रकट गरे । ढकालले कृषि विकास बैंक शाखा कार्यालय रतुवामाई, रतुवामाई नगरकै गहना भएकोले यसको संरक्षण गर्नको लागी जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए ।

Ad