Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ज्योति विकास बैंकद्वारा महानगरिय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई सहयोग

२०७८ माघ २० गते

बैंकिङ खबर/ ज्योति विकास बैंकले महानगरिय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरलाई सवारी दुर्घटना न्युनिकरण तथा जनचेतनाको लागि बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको छ।

बिहीबार आयोजित कार्यक्रममा ज्योति विकास बैंकको तर्फबाट बैंकका कोटेश्वर शाखाका शाखा प्रबन्धक किशन खड्काले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर रामकृष्ण देवकोटालाई विभिन्न ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरे।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरि त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नका लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ।

ज्योति विकास बैंकले हाल १०८ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ।