Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई होटेल ड्यानडलियनमा विशेष छुट

admin २०७८ माघ २० गते
सेयर:

बैंकिङ खबर/ मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन विभिन्न व्यवसायिक संस्थाहरुसँग सम्झौता गर्दै आएको छ। 

यसै क्रममा मुक्तिनाथ विकास बैंकले पोखरामा रहेको होटेल ड्र्यानडलियनसँग व्यावसायिक सम्झौतामा हस्ताक्षर गरेको छ। सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकले होटेल ड्यानडलियनका सेवाहरु जस्तै बसाइ, बेड र ब्रेकफास्ट, रेस्टुरेन्टजस्ता सेवासुविधामा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्।  

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। 

 

यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवा बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ। 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।