
बैंकिङ खबर/ लक्ष्मी बैंकले आउँदो २० औं वार्षिकोत्सवमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागि निर्माता तथा एजेन्सीहरूका लागि क्राउड सोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ । सो प्रतियोगिताको विजेताले बैंकको ब्राण्ड फिल्म निर्माणका लागि रु.२० लाखको ठेक्का पाउने भएका छन् ।
यो प्रतियोगिता बैंकको क्राउडसोर्सिङमा आधारित तेस्रो प्रतियोगिता हो । यसअघि बैंकले २०१८ मा ‘माइ कार्ड आइडिया’ र २०२० मा ‘माइ मोबाइल मनी’ भिडियो प्रतियोगिता गरिरसकेको छ । बैंकले यस्ता रचनात्मक प्रतिभालाई क्रियाशील बनाई विविध अभियानमा संलग्न हुँदै आएको छ ।


