ग्राहकहरुलाई निक्षेपमा आकर्षक प्रतिफल प्रदान गर्ने उद्देश्यका साथ सिद्धार्थ बैंकले सिद्धार्थ अवकाश मुद्दती खाता र सिद्धार्थ प्रिमियम मुद्दती खाता नामक दुई नयाँ मुद्दती खाता सञ्चालनमा ल्याएको छ । सिद्धार्थ अवकाश मुद्दती खाता अवकाश प्राप्त व्यक्तिहरुलाई लक्षित गरि १ वर्षको मुद्दती निक्षेपमा ६ ५ को आकर्षक ब्याजको साथमा मासिक ब्याज भूक्तानीको विशेष व्यवस्थाको साथमा सञ्चालनमा ल्याइएको छ भने सिद्धार्थ प्रिमियम मुद्दती खाता २ वर्षको लागि मुद्दती निक्षेप राख्न इच्छुक ग्राहक महानुभावलाई लक्षित गरि ६.५ ५ को आकर्षक ब्याजको साथमा सञ्चालनमा ल्याइएको छ ।
बैंकले ग्राहकलाई प्रदान गर्दै आएको विभिन्न सेवा तथा सुविधाका साथ मासिक ब्याज भूक्तानी र ६.५५ सम्मको को उच्च प्रतिफल सहितका निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको हुँदा नयाँ निक्षेप योजनाहरुमा ग्राहकको आकर्षण रहने कुरामा बैंक विश्वस्त रहेको छ ।
बैंकले हाल नेपालभर ६४ शाखा, ८१ ए.टि.एम र विभिन्न ६६ स्थानमा शाखारहित बैंकिंग सेवाको माध्यमबाट स्तरीय बैंकिंग सेवा प्रदान गर्दै आएको छ ।



