January 31st, 2022

सनराइज बैंकलाई केयर रेटिङ नेपालद्वारा “A–” ईस्यूवर रेटिङ्ग पुनः प्रदान

बैंकिङ खबर/ सनराइज बैंक लिमिटेडलाई केयर रेटिङ नेपालद्वारा पुनः “A–” ईस्यूवर रेटिङ्ग प्रदान गरिएको छ। केयर रेटिङ नेपालद्वारा गरिने निरिक्षणमा यस बैंकले बिगत ४ बर्षदेखि नियमित रुपमा “A–” रेटिङ्ग प्राप्त गर्न सफल भएको छ।

“A–” रेटिङ्ग भएका वित्तीय संस्थाहरुको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता “ईस्यूवर रेटिङ्ग” रहेका वित्तीय संस्थाहरुमा न्यून जोखिम रहेको मानिन्छ।

बैंकले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हिताधिकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरुलाई न्यूनिकरण गर्दै लगेकोसमेत यस रेटिङ्गले थप पुष्टि गर्दछ ।

आगामी दिनहरुमा पनि बैंकले आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजाने कुरामा बैंक अझै प्रतिबद्ध छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]