Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ प्रणालीमा एकैदिन थपियो ७ अर्ब निक्षेप, सिडि रेसियोमा पनि सुधार

२०७८ माघ १४ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरूमा एकैदिन ७ अर्ब रुपैयाँ निक्षेप बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार माघ १३ गते (बिहीबार) बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ७ अर्ब रुपैयाँले बढेको हो। यससँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ। माघ १२ गतेसम्म कुल ४८ खर्ब ५१ अर्ब रुपैयाँ रहेको थियो।

माघ १३ गते बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने स्थिर छ। माघ १२ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४६ खर्ब ६८ अर्ब रुपैयाँ रहेको थियो । माघ १३ गते पनि कुल कर्जा लगानी ४६ खर्ब ६८ अर्ब रुपैयाँ नै रहेको छ।

बैंकिङ प्रणालीमा निक्षेप बढेसँगै औसत सिडि रेसियोमा पनि सुधार देखिएको छ। माघ १२ गते औसत सिडि रेसियो ९०.६० प्रतिशत रहेकोमा माघ १३ गतेसम्म घटेर ९०.४८ प्रतिशतमा झरेको छ।

Ad