Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकले संचालनमा ल्यायो गैरआवासीय नेपालीहरुका लागि निक्षेप खाताहरु

२०७८ माघ १३ गते

बैंकिङ खबर/ नेपाल बैंकले गैरआवासीय नेपालीहरुलाई लक्षित गरि आकर्षक सुविधाहरुसहितका एनआरएन निक्षेप खाताहरु संचालनमा ल्याएको छ।

विदेशमा बस्ने गैरआवासीय नेपालीहरुले अब अनलाइनबाटै नेपाल बैंक लिमिटेडमा बिदेशी मुद्रामा बचत र मद्दती खाता खोल्न सक्नेछन् । अमेरिकी डलर, पाउण्ड स्टर्लिङ र अष्ट्रेलियन डलरमा नेपाल बैंकमा बचत तथा मुद्दती खाता खोल्दा उच्चतम व्याज दिइनेछ। अमेरिकी डलरमा बचत तथा मद्दती खाता खोल्दा बार्षिक व्याजदर क्रमशः ४.५ प्रतिशत र ५ प्रतिशत दिइनेछ भने अन्य विदेशी मुद्राको निक्षेपमा पनि आकर्षक व्याजदर दिने ब्यबस्था गरिएकोछ।

बचत तथा मुद्दती खाता दुबैमा न्युनतम मौज्दात अमेरिकी डलर ५००० वा सो वरावरको अन्य विदेशी मुद्रा हुनुपर्नेछ । एनआरएन खाता गैरआवासीय नेपालीहरुले एकल तथा संयुक्तरुपमा तथा गैरआवासीय नेपालीबाट प्रबर्द्धित विदेशस्थित संस्थाको नाममा पनि खोल्न सकिनेछ । यो खाता खोल्नको लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैरआवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समावेश गर्नुपर्दछ साथै बैंकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्न र फिर्ता गर्न सकिनेछ भने मुद्दती खाता कम्तिमा १ बर्ष वा सो भन्दा बढि अवधिको लागि खोल्न सकिनेछ ।

Ad