२०७३ भाद्र २३ गते

हिमालयन बैंकले पायो TFP Award

tfp-award-1एशियाली विकास बैंक (ए.डि.बि.) ले हिमालयन बैंक लिमिटेडलाई TFP Award 2016- Leading Partner Bank in Nepal प्रदान गरेको छ । सेप्टेम्बर ७, २०१६ मा सिंगापुरमा आयोजित एडिबि ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले उक्त अवार्ड ग्रहण गरे । एशियाली विकास बैंकद्वारा हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरेको हो ।