
बैंकिङ खबर/ सिटिजन्स बैंक इन्टरनेशनल लि. को लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय भैरहवाका ग्राहक गीता गुरुङको मृत्यु भएकामा निज मृतकका श्रीमान् रविन्द्रकुमार थापालाई रु. ८,९७,००० तथा नगद सहयोग गरेको छ ।
उक्त सहयोग रकम सिटिजन्स बैंकका भैरहवा शाखाका प्रमुख तथा अन्य कर्मचारीहरुको रोहवरमा लघुवित्त इकाईका इन्चार्ज प्रवेश अर्यालले आज माघ १२ गते हस्तान्तरण गरेका हुन् । लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन बीमा गरेको हुनाले मृत्यु भएका ग्राहकको काजक्रिया खर्चसहित बैंकले बीमा कम्पनीमा रकम दावी गरि सो रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरेको हो ।
सिटिजन्स बैंक इन्टरनेशनल लि. ले २ वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाई मार्फत करिव १४ हजार विपन्न महिलाहरुलाई लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका लघुवित्त इकाईका इन्चार्ज प्रवेश अर्यालले बताए ।