Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकको खराब कर्जामा आकर्षक सुधार

२०७८ माघ १० गते


बैंकिङ खबर/ नेपाल बैंक लिमिटेडले चालु आ.व.को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ । प्रकाशित वित्तीय अनुसार नेपाल बैंकको निक्षेप १ खर्ब ८३ अर्व ३४ करोड पुगेको छ भने कर्जा लगानी १ खर्ब ७२ अर्ब ९१ करोड पुगेको छ । २७ वटा वाणिज्य बैंकहरुमध्य निक्षेप संकलन तथा कर्जा लगानी दुबैमा नेपाल बैंकले आक्रामक वृद्घि गरेको छ । निक्षेप संकलनमा १९.७९ प्रतिशत र कर्जा लगानीमा २७.९६ प्रतिशत वृद्घि गर्न सफल यो बैंक गत ६ महिनामा निक्षेप संकलन तथा कर्जा विस्तार गर्ने दोस्रो ठूलो बैंक बन्न सफल भएको छ ।

त्यसैगरि बैंकले दोस्रो त्रैमाससम्म कुल १ अर्व ४१ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफलभएको छ । सो मुनाफागतआ.व. सोहि अवधिकोे भन्दाकरिब ५ प्रतिशतले बढि हो । बैंकको खुद् ब्याजआम्दानी १.८० प्रतिशतले बढेको छ भने खुदफि तथा कमिशन आम्दानी ३६.३६ प्रतिशतले बढेको छ ।

बैकले खराव कर्जाको अनुपातलाई पनि उल्लेखनिय रुपमा घटाउन सफल भएको देखिएको छ । गत आ.व.को दोस्रो त्रैमासम्म कुल कर्जामा खराब कर्जाको अनुपात २.८८ प्रतिशत रहेकोमा यो आ.व.को दोस्रो त्रैमासमा त्यसमा उल्लेखनिय रुपमा कमि आई १.९१ प्रतिशत पुगेको छ । तसर्थ, समग्र वित्तीय परिसूचकहरुमा नेपाल बैंक उत्साहजनक रुपमा अगाडि बढिरहेको देखिन्छ ।

नेपाल अधिराज्यभरि ११३ शाखाहरु,१४७ एटिएम मेसिन साथै ४७ वटा एक्सटेन्सन काउन्टरहरुमार्फत आफ्ना करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै गएको छ ।

विगत केहि वर्षयता बैंकले छिटो छरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत देशका प्रायः सबै जिल्लाहरुमा प्रतिस्पर्धि बैंकिङ्ग सेवाप्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । त्यसैले यो बैैक सबै पुस्ताको रोजाइको बैंक बन्दै गएको देखिन्छ ।

Ad