२०७८ माघ ९ गते

कोष तथा तरलता जोखिम : आन्तरिक व्यवस्थापनमा ध्यान दिऊ

-हरि प्रसाद आर्चाय-

कोष तथा तरलता एक महत्वपूर्ण तथा दोहोरी रहने घटनाक्रम  हो । यसलाई सामुन्द्रिक छालसँग तुलना गर्न सकिन्छ । बैंकिङ क्षेत्रको तरलता कहिले अनुकुल तथा कहिले प्रतिकुल हुन्छ । र यो चक्रिय रुपमा दोहोरी रहन्छ । असामान्य अवस्था तथा यस्ता घटनाहरु जे  जस्तो अवस्था भएतापनि यसलाई सामान्य मानी बैंक तथा वित्तीय संस्थाहरुले आन्तरिक व्यवस्थापन सुदृण पार्नु नै बुद्धिमानि हुन्छ ।

तरलता सकंटको इतिहासमा युरोपमा भएको ग्रिक तरलता सकंट, संयुत्तराज्य अमेरिकामा भएको साबप्राईम क्राईसीसका आदी घटनाहरुलाई आधार मान्ने  हो भने, अधिकांश नीति निर्माता र बैंकरहरुले आर्थिक अवस्था र सुचकहरुलाई दोष दिएर सरकार तथा नियामक निकायले समयमै आवश्यक कदम चाल्न नसक्दा तरलता सकंट आएको दोष लाउँदै, सरकार र नियामक निकायलाई नै यसको जिम्मेवार बनाउँदै आएका छन् ।

तर मलाई लाग्छ बललाई अरुको कोटमा प्याक्नुमात्र सकंटको कारण भने  पक्कै होइन । बरु त्यसको सट्टामा वर्तमान  नेपाली अर्थब्यवस्था र बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको तरलता सकंटको अवस्थामा आ–आफ्नो बैंक तथा वित्तीय संस्थाहरुलाई कसरी यस्तो अवस्थालाई व्यवस्थापन र व्यवसायिक निरन्तरता दिनको लागि आन्तरिक तरलता जोखिम व्यवस्थापन गर्न सकिन्छ र तीनका विभिन्न तौर तरिकाहरु प्रयोग गर्न सकिन्छ भन्ने कुराहरुमा विश्लेषण तथा त्यसको समिक्षा गर्न समय भएको सबैमा महसुस हुनुपर्न बेला हो ।

वर्तमान अवस्थामा देखिएको ‘तरलता सकंट’ लाई परिभाषित गर्दा, हाल बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य कोषको अभाव भई बैंक तथा वित्तीय संस्थाहरुले केही समय देखि कर्जा विस्तार गर्न नसकेको अवस्था मात्र हो । तर त्यो भन्दा पनि बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो दायित्व तिर्नु वा पुरा गर्न नसक्नुलाई नै वास्तवमा तरलता सकंट भन्ने गरिन्छ ।

हालको अवस्था वास्तवमा तरलता सकंट भन्दा पनि लगानी योग्य कोषको अभावले यस्तो अवस्था निम्तिएको मात्र हो । यस सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम संवेदनशिलता धेरै न्यून रहेको पाइन्छ । किनकी तरलता जोखिम व्यवस्थापनका आधारभुत सिद्धान्त तथा मान्यताहरु लाई नजरअन्दाज गरेको पाईन्छ । यस्तो अवस्थाले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा विस्तार गर्न, कर्जाको गुणस्तर सुधार गर्न  र अन्य कमिशन तथा शुल्क आम्दानी र संचालन सहजतामा  भने पक्कै पनि बाधा पुर्याएको छ ।

वर्तमान अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुमा अन्तर बैंक सापटी (Inter Bank Borrowing) र Repo बाट CRR/SLR को व्यवस्थापन गर्ने प्रचलन छ।  यदि कुनै पनि एक बैंक तथा वित्तीय संस्था कोषको तरलता जोखिम भयो भने यसले सम्रग बैंक तथा वित्तीय संस्थाहरुलाई भयानक समस्या निम्त्याउन सक्छ र त्यसबाट अन्तत बैंकहरुको वासतालमा ठुलो असर पर्न सक्छ । 

केही नियामक निकाय तथा BASEL ले तरलता जोखिम मापन गर्न विभिन्न सुभाव तथा  विधिहरु दिएको पाईन्छ जस्तै, नेट स्थिर कोष अनुपता(NSFR) नेट तरलता कभरेज अनुपात(NLCR) दवाव परीक्षण (Stress testing) र VAR(Value at Risk) इत्यादि । जुन अन्तर्राष्ट्रिय बैंकिङमा प्रचलित छन् । अब बैंक तथा वित्तीय संस्थाहरुमा तरलता समस्या कसरी उत्पन्न हुन सक्छ भन्ने विषयमा बुँदागत छलफल गरौँ ।

१. व्यापारको लागि होल्ड गरी राखिएको अल्पकालिन सम्पत्तिको बिक्रिगरि समयमै नगद रुपान्तरणमा समस्या हुन् ।

२. अर्थतन्त्रको सिमित क्षेत्रहरुमा मात्र ऋणको एकाग्रता हुनु । जसले गर्दा त्यस्ता कर्जाहरुबाट ब्याज तथा सावा भुक्तानीमा समस्या भई निस्कृय कर्जामा परिणत हुनु ।

३. ब्याज तथा सावा भुक्तिनीमा ढिलाई ।

४.कर्जा तथा निक्षेपमा नगद निकाशा हुनु वा अन्य बैंक तथा वित्तीय संस्थाहरुमा स्थान्तरण हुनु ।

५. ऋणीबाट सम्पुर्ण कर्जा सिमा उपयोग हुनु ।

६. अन्तर बैंक सापटि प्रातिमा कठिनाई हुनु ।

७. गैह्र कोषमा आधारित कर्जाहरु कोष कर्जामा रुपान्तरण हुनु ।

८. अन्य सम्पत्तिहरु नगदमा रुपान्तरण नहुनु ।

९. केन्द्रीय बैकबाट पुर्नकर्जाहरु चुक्ता भुत्तानको माग हुनु  र अन्य ,सामान्यता ब्याजदर जोखिम, संचालन जोखिम, प्रतिष्ठामा जोखिम, बजार जोखिम, कर्जा जोखिम आदि तरलता जोखिमका सामान्य लक्षणहरु हुन ।

हामीहरुलाई थाहा छ तरलता व्यवस्थापन भनेको जुनसुकै बैंक तथा वित्तीय संस्थाहरुको एकदमै महत्वपुर्ण  विषय  हो । त्यसैले तरलता जोखिम ब्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा केही छलफल गरौ ।

मुलत तरलता जोखिम ब्यवस्थापन दुई तरिकाले गर्न सकिन्छ  पहिलो तरीका (Strategic Management) रणनितीक ब्यवस्थापन हुन सक्दछ । जसमा  बैंक तथा वित्तीय संस्थाहरुले जोखिम व्यवस्थापन सम्बन्धि कार्यविधि तयार पारि कार्यान्वयन गर्न कर्मचारीहरुलाई त्यसको बारेमा तालिम तथा जानकारी गराई बैंकको आचरण तथा संस्कृति सम्बन्धि स्पष्ट नीति निर्दैशन गरी नीतिहरुमा कर्मचारीहरुमा जिम्मेवारी बहन गराउने र दोस्रो (Tactical Management) यसलाई पनि रणनीतिक व्यवस्थापनकै एक अंशको रुपमा मान्न सकिन्छ ।

तर यस प्रकारको व्यवस्थापनले Strategic Management जस्तो लामो तरिका र दिर्घकालिन भन्दापनि छोटो समयमा कसरी व्यवस्थापन  गर्न सकिन्छ भन्ने हो  । त्यसको लागि सम्पतिहरुलाई नगदमा परिणत गर्न । अन्तर बैंक सापटि(Inter Bank Borrowing ), बाहय ऋण लिने(External Commercial Borrowing),ऋणीहरुलाई कोषमा आधारित कर्जा सुविधा भन्दा गैह्रकोषमा आधारीत कर्जाहरु जारीगर्न कुराहरुलाई विश्लेषण गरेर यस प्राणलीबाट उल्पकालिन उपायहरु निकाल्न सकिन्छ । जस्तो Sight एल सि को सटा Time एल सि खोल्ने ,SBLC बैक ग्यारेन्टी र अन्य Commitments  / Deposit Guarantee Insurance.

सामान्यता अहिलेको परिस्थितीमा कुनै पनि बैंक तथा वित्तीय संस्थाले जोखिम व्यवस्थापनको मुख्य सिद्धान्तलाई अनुसरण गरिनुपर्दछ । नेपाल राष्ट्र बैंकबाट जारी गरिएको जोखिम व्यवस्थापन मार्ग निर्दैशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरु अनुसरण गर्नु पर्न देखिन्छ । जोखिमको आधारभूत सिद्धान्त अनुसार “जुन कुरालाई मापन गर्न सकिन्छ त्यसलाई व्यवस्थापन पनि गर्न सकिन्छ ।” सोहि अनुसार निम्न क्रियाकलापबाट तरला संकटलाई कम गर्न सकिन्छ ।

१.कोषका श्रोतहरु र त्यसको प्रयोग (The Sources and Uses of Fund) कर्जा चुक्त्ता गर्दा वा निक्षेप संकलन गर्दा तरलता बढ्छ । र कर्जाको माग गर्दा ऋणीले कर्जा सिमा प्रयोग गर्दा-निकाल्दा वा निक्षेप निकाल्दा तरलता घट्छ ।  यसरी निक्षेपको पुर्वनुमान गर्दै कर्जा विस्तार तथा कर्जा को चुक्त्ता अवस्था र भविष्यमा तिर्नुपर्र्न दायित्वहरुको लागि आवश्यक कोषको आवश्यकताको विश्लेषण गर्नुपर्छ । त्यसै गरि निक्षेप तथा कर्जाको वृद्धिको पुर्वानुमान गर्दा  पहिलो  प्रवृति घटक(Trend Components), दाेस्रो  मौसमी घटक(Seasonal Components) र तेस्रो चक्रीय घटक (Cyclical components) हरु गरी तीन चरणमा  अनुमान गर्न सकिन्छ ।

.कोष  संरचना विधी (A Structure of Funds Approach)— बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको आवश्यकता अनुमान गर्न प्रयोग गरिने विधि अन्र्तरगत यसले निक्षेप दायित्व र ग्रैह्र निक्षेप दायित्व निष्कासन हुने सम्भावनाहरुलाई अध्यान गरिन्छ । जसमा Hot Money labilities  जस भित्र प्राय: जसो अस्थिर दायित्वहरु पर्दछन् । कमजोर कोषहरु (Vulnerable Funds) र Stable Funds  (स्थिर कोषहरु) जसभित्र मुद्धती निक्षेप र मार्जिन निक्षेप इत्यादि पर्ने गर्छन् । यिनै कोषहरुको चरित्रको अध्यान गरी भविष्यमा कर्जा भुक्तानी तालिका र गुणस्तर अनुसार  कोष व्यवस्थापन गर्न सकिन्छ ।

३.तरलता सुचक विधि(Liquidity Indicator Approach) — यसबाट नितान्त विगतका अनुभव समग्र बैंकिक क्षेत्र सुचकहरुहरु जस्तै नगद वा तरलता को अवस्था, तरलता सुरक्षाका सुचकहरु रिपो सुचक, क्षमताको अनुपात, निक्षेप संरचनाको अनुपात, कर्जा प्रतिवद्धताको अनुपात आदि कुराको अध्यान तथा विश्लेषण गर्नुपर्छ । र त्यस बाहेक निस्कृय कर्जा (NPL)व्यवस्थापन, गैह्र बैंकिक सम्पत्ति (NBA)को बेचबिखन, गैह्र कोषमा आधारित कर्जाहरुको विस्तार र कमिशन शुल्क संकलन, ब्याज असुली मुद्धती निक्षेपको संरक्षण बिक्री गर्न राखिएका उल्पकालिन सम्पत्ति बेचविखन इत्यादि तरलता मापन तथा व्यवस्थापनको अरु उपाय तथा विधि हुन सक्दछन् ।

(लेखक सनराईज बैंकमा कार्यरत हुनुहुन्छ)