January 21st, 2022

माछापुच्छ्रे बैंकको नाफामा उल्लेख्य सुधार

बैंकिङ खबर/ माछापुच्छ्रे बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा यो अवधिमा बैंकको नाफा २५.९१ प्रतिशतले बढेर १ अर्ब १ करोड ८ लाख ३० हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा ८० करोड २७ लाख ७४ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ६४ करोड ४७ लाख २ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफमा आएको सुधारले नाफा बढ्न सहयोग पुगेको देखिएको छ । बैंकको खुद ब्याज आम्दानी १३.०९ प्रतिशतले बढेर २ अर्ब २४ करोड ८७ लाख ५५ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा २५.६३ प्रतिशतले बढेर १ अर्ब ४५ करोड १२ लाख ६० हजार रुपैयाँ रहेको छ ।

१० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ८६ करोड ४४ लाख १५ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७१ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ५० पैसा रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]