Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

२४ मेगावाटको जलविद्युत् आयोजनामा झन्डै एक अर्ब लगानी गर्दै लक्ष्मी बैंक

admin २०७३ भाद्र २२ गते
सेयर:

laxmi bankलक्ष्मी बैंक लिमिटेड २४.२ मेगावाटको लिखु ए हाइड्रोइलेक्ट्रिक आयोजनामा मुख्य लगानीकर्ता बन्ने भएको छ । नुम्बुर हिमालय हाइड्रोपावर प्रा. लि.ले सोलुखुम्बु र रामेछाप जिल्लाको लिखु खोलामा निर्माण गर्न लागेको उक्त आयोजनामा मूख्य लगानीकर्ता रहने गरी बुधबार सम्झौता भएको हो । सो आयोजनामा सिद्धार्थ बैंक लि.को सहवित्तीय करण रहने बताइएको छ । यसबाहेक सेञ्चुरी कमर्सियल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र बैंक अफ काठमाण्डू लुम्बिनीले पनि सो आयोजनामा लगानी गर्नेछन् । 

बैंकहरुले आयोजना लागतको ७५ प्रतिशत (रु.३अर्ब ३३ करोड) र वाँकी २५ प्रतिशत कम्पनीका संस्थापकहरुले लगानी गर्नेछन् । ४ अर्ब ४४ करोड रुपैयाँ कुल लागतमा निर्माण हुन लागेको उक्त आयोजनामा मुख्य लगानीकर्ता लक्ष्मी बैंकको ९६ करोड ७० लाख रुपैयाँ लगानी रहनेछ । त्यस्तै, सहवित्तीयकर्ता सिद्धार्थ बैंकले ८७ करोड रुपैयाँ लगानी गर्नेछ भने सेञ्चुरीले ७२ करोड ४० लाख रुपैयाँ, सिटिजन्सले ४८ करोड ३० लाख रुपैयाँ र बैंक अफ काठमाण्डू लुम्बिनीले २९ करोड रुपैयाँ कर्जा लगानी गर्ने गरी सम्झौता भएको छ ।  

नुम्बुर हिमालय हाइड्रोपावर प्रा.लि. र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्बन्धि सम्झौता मिति २०७१ साल फाल्गुण २२ गते नै भइसकेको छ भने ४ अर्ब ४४ करोडको आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट मिति २०७२ साल कार्तिक १६ गते विद्युत उत्पादन अनुमति पनि प्राप्त गरिसकेको छ । नुम्बुर हिमालय हाइड्रो पावरप्रा.लि. लाई एम भि दुगड ग्रुपले प्रबद्र्धन गरेको छ ।

उत्पादन क्षमता २४.२ मेगावाट रहेको नुम्बुर हिमालय हाइड्रोपावर प्रा.लि. ले झण्डै १३५.६८ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । यो आयोजना जुलाई २०२० मा संचालनमा आएपछि स्वतन्त्र उर्जा उत्पादकहरुले उत्पादन गरेकोमध्येको एक ठुलो आयोजना हुनेछ ।

नेपाल विद्युत प्राधिकरणको आर्थिक बर्ष २०१५/१६ को समिक्षा प्रतिवेदनअनुसार सो आर्थिक बर्षमा स्वतन्त्र उर्जा उत्पादकहरुले जम्मा ६ वटा नयाँ आयोजनामार्फत संयुक्त रुपमा ३०.९७८ मेगावाट विद्युत उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जोडिएको छ । समग्रमा राष्ट्रिय प्रशारण लाइनमा जोडिएका ५० वटा आयोजनाहरुबाट संयुक्त रुपमा ३२४.४५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।  

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।