January 17th, 2022

कृषि विकास बैंकबाट ‘क्युआर टेलर’ सेवाको शुभारम्भ

 बैंकिङ खबर/ कृषि विकास बैंक लि.बाट QR Teller सुरुवात भएको छ। बैंकको ५५ औं बार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कर्पोरेट बैंकिङ कार्यालय, रामशाहपथमा QR Teller बाट कारोबार गरी यो सेवाको विधिवत शुभारम्भ गरे।

उक्त कार्यक्रममा उपमहाप्रवन्धकहरु प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, ध्रुवचन्द्र गौतम, दीर्घबहादुर अर्याल, बाबुकाजी थापा, विभागीय प्रमुखहरु अजयकुमार रिमाल, पप्पुबाबु श्रेष्ठ, सुन्दरप्रसाद खतिवडा, सरोजकुमार शाह तथा डिजिटल बैंकिङ विभागका बरिष्ठ शाखा प्रमुख प्रज्वल भट्टराई लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

बैंकको मोवाइल बैंकिङ सेवा लिएका ग्राहकहरुले चेक बिना नै सहज तथा सुरक्षित रुपमा क्युआर टेलरबाट क्युआर स्क्यान गरि आफ्नो खाताको रकम भुक्तानी लिन सकिने सेवाको शुभारम्भसँगै ग्राहकहरुलाई थप डिजिटल सेवा प्राप्त गर्ने अवसर मिलेको छ ।

बैंकले वित्त बजारका अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग प्रतिस्पर्धा गर्न परम्परागत बैंकिङ गतिविधीका अतिरिक्त ग्राहकहरुको आवश्यकता अनुसारको अत्याधुनिक बैंकिङ सेवाहरु मोवाइल बैंकिङ, अलर्ट बैंकिङ, इन्टरनेट बैंकिङ, आन्तरिक रेमिट्यान्स, एजेन्सी रेमिट्यान्स, स्विफ्ट, कार्ड, एटिएम, इसिसि, आइपिएस, कनेक्ट आइपिएस, सि–आश्वा, डिम्याट लगायतका विभिन्न सेवाहरु व्यवस्थित, भरपर्दो तथा सुरक्षितरुपमा सञ्चालन गरिरहेको परिप्रेक्षमा यस QR Teller सुविधाले ग्राहकहरु थप आकर्षित हुने देखिन्छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]