January 17th, 2022

लुम्बिनी विकास बैंकको थप नयाँ दुई शाखा कार्यालयको शुभारम्भ


बैंकिङ खबर/ लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा रहेका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने उद्घेश्यले सोमबारदेखि थप दुई शाखाहरुको शुभारम्भ गरेको छ ।

नयाँ शुभारम्भ भएका शाखाहरुमा ७८ औँ शाखाको रुपमा दाङ्ग जिल्ला, तुल्सीपुर उप–महानगरपालिका वडा नं. ०५ “ख”लाइनस्थित तुल्सीपुर शाखार ७९औँ शाखाको रुपमा रुपन्देही जिल्ला बुटवलउप–महानगरपालिका वडा नं. ०४ ट्राफिक चोक स्थित ट्राफिक चोक शाखा रहेका छन् ।

दुईवटा नयाँ शाखाहरुको बिस्तारसँगै हाल यस विकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरु मार्फत २०७८ पुस मसान्त सम्ममा बैंकले रु ४२ अर्ब ३८ करोड निक्षेप संकलन गरि रु ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७९ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ८० हजार ग्राहकमहानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]