
बैंकिङ खबर। कृषि विकास बैंककाे २१.०५ प्रतिशत लाभांश पारित भएकाे छ। बैंककाे बिहीबार सम्पन्न वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेकाे हाे। सभाले बैंककाे सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर तथा १.०५२ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हाे।
बैंककाे पन्ध्रौं वार्षिक साधारणसभा बैंक संचालक समितिका अध्यक्ष रमेशकुमार के.सी.को अध्यक्षतामा सम्पन्न भएकाे थियाे। साथै उक्त साधरणसभामा बक्ताको रुपमा भाग लिएका शेयरधनीहरुले उठाएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष रमेश कुमार क.सी. र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
भर्चुअल माध्यमबाट भएपनि शेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधरण सभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधी, बैंकमा कार्यरत उच्च व्यवस्थापक,कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु रमेश दुवाडी, प्रकाश कुमार सन्जेल., संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरांगाई, डा. इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिती रहेको थियो । साधारणसभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।