सञ्चालन जोखिम र यसका मुख्य कारणहरु


Bankingkhabar /January 13, 2022

सौगात खतिवडा/ सामान्यतया अनिश्चित प्रतिफल भनेकै जोखिम हो । अर्को शब्दमा उपेक्षित र वास्तविक प्रतिफलको फरकलाई जोखिम भन्ने गरिन्छ । बैंक तथा वित्तीय संस्थाहरु सँधैभरी विभिन्न किसिमका जोखिमहरु सामाना गरिरहेका हुन्छन् । जस्तै, Creoit Risk, Operational Risk, Liquidity Risk, Market Risk आदी ।

यही जोखिमलाई कुशलतपूर्वक व्यवस्थपन गर्न सकेको खण्डमा पुरस्कार स्वरुप मनाफा प्राप्त हुन्छ भने यहि कार्य गर्न नसकेको खण्डमा दण्ड स्वरुप घाटा हुने गर्दछ । त्यसैले जोखिमलाई व्यवस्थापन गरी व्यवसाय सञ्चालन गर्नु आजको मुलभूत आवश्यकता हो ।

आज सञ्चालन जोखिम के हो ? सञ्चालन जोखिम कसरी हुन्छ ? यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कुरा गर्छौ ।

सञ्जालन जोखिम(Operational Risk)

कुनै पनि वित्तीय संस्थाको कमजोर र अपर्याप्त आन्तरिक प्रणालीमा संलग्न मानिसहरुको कमजोरी तथा बाह्य घटनाहरुको कारणबाट सृजित नोक्सानीलाई सञ्चालन जोखिम भनिन्छ । अरु जोखिमको तुलनामा सञ्चालन जोखिमको दायरा निकै फराकिलो र पूर्ण अनुमान गर्न नसक्ने प्रकृतिको हुन्छ ।

सञ्चालन जोखिम हुनुको मुख्य कारणहरु

सञ्चालन जोखिम हुनुको विभिन्न कारणहरुमध्ये देहायका कारण मुख्य हुन् ।

मानिसहरु (people):– व्यवसायसँग जोखिएका आन्तरिक तथा वाह्य मानवीय पक्षहरुको ज्ञान र अनुभवको कमी, गल्ती, कमजोरी, ठगी, चोरी, डकैती आदिको कारणबाट उत्पन्न हुने जोखिम ।

प्रक्रिया (process):– संस्थाले कुनै पनि कार्य सम्पन्न गर्न बनाएको नीति, नियम, प्रोडक्ट नै त्रुटीपूर्ण हुन वा त्यसलाई सहि रुपमा कार्यान्वयन गर्न नसकेको अवस्थामा उत्पन्न हुने जोखिम ।

प्रणाली (system):– संस्थाले प्रयोगमा ल्याएको कुनै पनि प्रविधिमा समस्या हुने, सेवामा अवरोध सृजना हुने, समयमा मर्मत सम्भार र प्रतिस्थापन हुन नसक्ने लगायतको कारणबाट उत्पन्न हुने जोखिम ।

वाह्य तत्व (extranal Element):– संस्थाको नियन्त्रणभन्दा बाहिरका घटनाहरु जस्तै प्राकृतिक प्रकोप तथा अपरिकल्पनीय विपत्तीका घटनाबाट सृजना हुने जोखिम ।

कानूनी परिवर्तन (change in law regulation):– विद्यमान नीति, नियम तथा कानूनमा शाघ्र परिवर्तका कारण संस्थाले व्यहोर्नुपर्ने जोखिम ।

Measurement of operational risk

सामान्यतया जोखिमको आँकलन अनुभवबाट हुने गर्दछ तर आजको युगमा यसको आँकलन गर्ने केही गणितीय विधिहरूको समेत विकास गरिएको छ । वशेल समितिले संचालन जोखिमलाई कुल आम्दानीको आधारमा गणना गरी पुँजीको व्यवस्था गर्नुपर्ने विधिको विकास गरेको छ । जसअन्तर्गत तीन वटा विधिहरू रहेको पाइन्छ,  The basic approach or basic indicator approach, standardized approach advanced. measurement approach. नेपालमा नेपाल राष्ट्र बैंकले हाल basic indicator approach लागु गरेको छ । जस अनुसार विगत ३ वर्षको कुल आम्दानीको आधारमा संचालन जोखिमको लागि पुँजीको व्यवस्था गर्नुपर्ने हुन्छ । तलको सुत्रको आधारमा सो कुरा स्पष्ट हुनेछ ।

KBIA= [ (GI1+GI2……..n)×d]/N

Where, KBIA Capital charge under basic indicator approach.

GI-Annual gross income for three years,

N= Number of years.

d=15%

10% of the amount derived from above formula is added to risk weighted exposure.

माथिको सुत्रानुसार बैंक तथा वित्तीय संस्थाहरूले संचालन जोखिमको लागि पुँजीको व्यवस्था गर्नुपर्दछ । जसमा विगत ३ वर्षको कुल आम्दानीलाई जोडेर १५ प्रतिशतले गुणा गर्ने र आएको अंकलाई ३ वर्षको लागि ३ ले भाग गर्नुपर्दछ । यसरी आएको अंकको १० प्रतिशत निकाली सो अंकलाई जोखिम भारित सम्पत्तिमा जोड्नुपर्दछ ।

Way to manage operational risk.

सञ्चालन जोखिम व्यस्थापन गर्ने सम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैंकको निर्देशिका ६ मा उल्लेख भएको छ ।

(क) कार्यरत जनशक्ति प्रकया, प्रणाली एवम् वाह्य घटनाका कारण सिर्जित सञ्चालन जोखिम व्यवस्थापनका लागि उचित नीति तथा कार्यविधि कार्यान्वयन गर्नुपर्नेछ ।

लेखा सूचना प्रविधि, जनशक्ति एवम् नगद तथा बैंकिङ्ग कारोवार जस्ता सबै सञ्चालन इकाइहरुमा उत्पन्न हुनसक्ने जोखिमलाई यस्तो नीतिले समेट्नु पर्नेछ ।

(ख) संस्थाले आफ्नो कारोबारसँग सम्बन्धित सञ्चालन जोखिमलाई व्यवस्थापन गर्न प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली तथा सूचना प्रणालीको विकास गर्नुपर्नेछ । आन्तरिक लेखापरीक्षकले प्रत्येक शाखा विभाग कार्यालयको लेखापरीक्षण प्रतिवेदनमा सञ्चालन जोखिमलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न अवलम्बन भएका उपायहरुको पर्याप्तताको सम्बन्धमा समेत टिप्पणी प्रतिकृया समावेश गर्नुपर्नेछ ।

(ग) सूचना प्रविधिबाट हुन सक्ने सञ्चालन जोखिमलाई न्यूनीकरण गर्ने व्यवस्थालाई बढी प्रभावकारी बनाई सौको निरीक्षण तथा सुपरिवेक्षणलाई व्यवस्थित गर्न सूचना प्रविधि सम्बन्धी मार्गदर्शन Information Technology Guidelines जारी गरिएको छ । सो मार्गदर्शन बमोजिम सूचना प्रणालीको लेखापरीक्षण गराउनु पर्नेछ र सोको प्रतिवेदन यस बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नु पर्नेछ ।

(घ)जोखिम व्यवस्थापन कार्यबाट सञ्चालन सम्बद्ध जोखिमहरुको अनुगमन नियमित रुपमा हुने व्यवस्था

सहित क्षतिको घटनाहरुबारे महत्वपूर्ण सूचनाहरु जस्तै घटनाको प्रकृति, गाम्भीर्यता, यसबाट भएको वित्तीय क्षति आदि) व्यवस्थित ढंगवाट रहने प्रणाली अवलम्बन गर्नु पर्नेछ ।

(ङ) उचित Disaster Recovery र Business Continuity Plan तर्जुमा गरी विभिन्न किसिमका प्रकोपहरुका बाबजुद व्यवसाय निरन्तरताको सुनिश्चितता गर्नुपर्नेछ । यस्ता योजनाहरु वार्षिक रुपमा अभ्यास (Drill) गरी अद्यावधिक गर्नुपर्नेछ।

(च) कुनै कर्मचारी प्रति अधिक निर्भरता, एउटै कर्मचारी लामो समय एकै स्थानमा रहेर कार्य गर्ने तथा कर्मचारी बीच मिलोमोतोका कारण उत्पन्न हुन सक्ने कर्मचारी सम्बद्ध जोखिम न्यूनीकरणका लागिकर्मचारी पदस्थापन एवम् सरुवा लगायतका कार्य प्रभावकारी हुनु पर्नेछ ।

(छ) प्राकृतिक प्रकोप लगायतका घटनाहरुले वित्तीय प्रणालीको व्यावसायिक निरन्तरतामा पार्न सक्ने प्रतिकूल असरलाई न्यूनीकरण गर्न यस बैंकबाट इजाजतपत्र प्राप्त संस्थाहरुले Contingency Management Framework तयार पारी लागू गर्नु पर्नेछ ।

(ज) सञ्चालन जोखिम कम गर्दै ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रयोगमा सुरक्षाको प्रत्याभूति दिलाउन बैंक तथा वित्तीय संस्थाहरुले Chip Based डेबिट, क्रेडिट, प्रिपेड आदि जारी गर्नुपर्नेछ ।


सोसिअल मेडिया