२०७३ भाद्र २२ गते

सेञ्चुरी बैंकले ल्यायो गज्जबको योजना : अब पाँच रुपैयाँमै बचत खाता

centuryसेञ्चुरी कमर्सियल बैंकमा अब ५ रुपैयाँमै बचत खाता खोल्न सकिने भएको छ । बैंकले ५ रुपैयाँमा बचत खाता खोल्ने गरी नयाँ बचत खाता सञ्चालनमा ल्याएको हो । बैंकले उक्त खातामा वार्षिक ३५ का दरले मासिक रुपमा ब्याज भुक्तानी गर्ने जनाएको छ । साथै, ३५० रुपैयँमा डेबिड कार्ड र २ लाख रुपैयाँ सम्म निक्षेप सुरक्षण प्रदान गर्ने भएको छ ।

बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम, ८ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।