Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७८ पुष २८ गते


बैंकिङ खबर/ बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चक्रपथबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ बाँसबारी बस्ने लमजुङ मर्स्याङदी गाउँपालिका–५ घर भएका ५२ वर्षीय प्रेम बहादुर गुरुङ रहेका छन् ।

उक्त मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७५ माघ २९ गतेको फैसलाले ५ दिन कैद र नगद १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चक्रपथबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराईएको उक्त महाशाखाले जनाएको छ ।

Ad