
बैंकिङ खबर।
सिद्धार्थ बैंकको पुस ३० गते हुने भनिएको साधारण सभा भर्चुअल माध्यमबाट हुने भएको छ। कोरोना महामारीका कारण यस बैंककाे साधारण सभा भर्चुअल माध्यमबाट हुने भएको हाे।
कम्पनीले कोरोना संक्रमणको जोखिमबाट बच्न तथा बचाउनका लागि सम्पूर्ण शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट साधारण सभामा सहभागिता जनाउन अनुरोध पनि गरेको छ।
सभामा सहभागि हुन तथा मन्तव्य राख्न चाहने शेयरधनीले सभा शुरु हुनुभन्दा २४ घण्टा अगाडि आफ्नो परिचयपत्र, डिम्याट खाता खोलिएको प्रमाणको स्क्यान कपी समावेश गरी इमेल ठेगानामा पठाउनु पर्ने बैंकले जनाएकाे छ।
सभाले प्रस्तावित १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गरिसकेको छ।
यस आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । सभा सिल्भर ओक ब्याक्वेंट गैह्रीधारा, काठमाडौंमा बिहान ११ बजे शुरु हुने बताइएको छ।