सानिमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसंग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीसम्बन्धि सम्झौता गरेको छ । यस सम्झौतापत्रमा सानिमा बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहाल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौताअनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैंकलाई अन्तर–बैंक विद्युतिय भुक्तानी सेवा संचालनको लागी NCHL-IPS प्रणाली उपलब्ध गराउने छ । यो प्रणाली जोडिएपश्चात सानिमा बैंकका ग्राहकहरुले कुनै पनि खातामा भुक्तानी लिने/दिने जस्ता कारोवारहरु पूर्ण रुपमा संचालन गर्न सक्नेछन् ।