
बैंकिङ खबर।
प्रभु बैंकको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ। बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ ४ पुसमा बुक क्लोज गर्दैछ।
यसअनुसार, २ र ३ पुसमा सेयर कारोबार बन्द हुने भएकाले बैंकको लाभांश सुरक्षित गर्न बिहीबार नै सेयरधनी बनिसक्नु पर्नेछ।
प्रभुले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्दैछ। बैंकले १८ पुसमा २० औँ वार्षिक साधारणसभा बोलाएको छ।
सभा आफ्नो केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। सभामा भाैतिक तथा भर्चुअल दुबै माध्यमबाट सहभागिता जनाउन सकिनेछ।