२०७३ भाद्र १९ गते

आरम्भ माइक्रोफाइनान्सको साधारणसभाले गरेका तीन निर्णयहरु  

unnamedपुँजी बढाउने 
आरम्भ माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडले हाल रहेको पुँजी २ करोड रुपैयाँलाई वृद्धि गरी  ४ करोड रुपैयाँ पु¥याउने गरी योजना अघि सारेको छ । 

चुक्ता पुँजी बढाउने
संस्थाले हालको चुक्ता पुँजी  १ करोड २ लाख रुपैयाँलाई बढाएर गरि २ करोड ४ लाख पुर्याउने गरी अघि बढ्ने योजना पनि बनाएको छ । 

नियमावली संशोधन गर्ने
अरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको भदौ १८ गते सम्पन्न भएको विशेष साधरणसभाले संस्थाको हाल रहेको पुँजी २ करोड रुपैयाँलाई बढाएर ४ करोड रुपैयाँ पुर्याउने र चुक्ता पुँजी १ करोड २ लाख रुपैयाँलाई बृद्धि गरि २ करोड ४ लाख रुपैयाँ पुर्याउनेलगायत संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावहरु पारित गरेको हो । 
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची न.पा.– ८ स्थित केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्सले विभिन्न १० वटा पहाडी जिल्लाहरुमा १३ वटा शाखा कार्यालयहरु खोलि लघुवित्तीय सेवा पुयाइरहेको छ । संस्थाले हाल कार्यक्षेत्र रहेकै जिल्लाहरुमा आगामी तीन महिना भित्र कम्तीमा दुई वटा शाखाहरु थप गरी शाखा संख्या १५ पुर्याउने लक्ष्य लिएको छ । यसका अतिरिक्त संस्थाले थप ५ पहाडी जिल्लाहरुमा समेत आफनो कार्यक्षेत्र विस्तार गरी लघुवित्तीय सेवा उपलव्ध गराउन आवश्यक गृहकार्य गरिरहेको जनाएको छ ।