December 13th, 2021

कालिका लघुवित्तको शाखा प्रमुख गोष्ठी सम्पन्न

बैंकिङ खबर।

कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाको सम्पूर्ण शाखाहरुको शाखा प्रमुख स्तरीय २ दिने गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

मंसिर २५ र २६ गते पोखराको लेकसाईडस्थित होटल स्नोल्याण्डमा संचालित गोष्ठीमा ९१ शाखाहरुबाट शाखा प्रमुख एवं शाखाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । गोष्ठीको उद्घाटन सत्रको अध्यक्षता प्रवन्ध संचालक केशवनारायण प्रधानले गरेका थिए । प्रमुख अतिथिको रुपमा उपस्थित संस्थाका संचालक चन्द्र बहादुर क्षेत्रीले कार्यक्रमको उद्घाटन गर्दै गोष्ठी सफलताको शुभकामना व्यक्त गरेका थिए भने संचालक विश्वराज नेपालको पनि उपस्थिति रहेको थियो।

उक्त २ दिने गोष्ठीमा शाखाहरुमा देखिएका समस्याहरु, लक्ष्य हासिलका लागि अपनाईने आगामी योजना र समस्या समाधानका उपायहरुको वारेमा विस्तृत छलफल भई संस्थाको नीति नियमको परिधिमा रही कारोवार संचालनको लागि प्रवन्ध संचालक केशवनारायण प्रधानले निर्देशन दिएका थिए।

कार्यक्रमको अन्त्यमा विभिन्न विधामा उत्कृष्ट भएका शाखाहरुलाई संचालक विश्व नेपाल, प्रवन्ध संचालक केशवनारायण प्रधान लगायतले सम्मान गर्दै प्रमाण पत्र वितरण गरेका थिए।

उद्घाटन सत्रको संचालन वरिष्ठ प्रवन्धक फणिन्द्र पाण्डेले गरेका थिए भने गोष्ठी कार्यक्रमको सहजीकरण अधिकृत यामप्रसाद अर्यालले गरेका थिए।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]