प्रभु मनि ट्रान्स्फर प्रा.लि र आशा लघुवित्त वित्तीय सस्था लिमिटेडबीच रेमिटेन्स सम्झौता भएको छ । सम्झौतामा प्रभु मनि ट्रान्स्फरका तर्फवाट बजार प्रवन्धक श्याम राज गौतम तथा आशा लघुवित्तका तर्फवाट प्रमुख कार्यकारी अधिकृत रमेश सिंह खड्का ले हस्ताक्षर गरे ।
नुवाकोट जिल्लाको मदानपुर –८ स्थित प्रधान कार्यालय रहेको वित्तीय संस्था राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । हालैमात्र कार्यलयको समुद्घाटन सम्पन्न गरेको वित्तीय संस्था अव छिट्टै प्रभु मनि ट्रान्स्फर प्रा.लिको रेमिटेन्स सुविधा संचालन गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत खड्काले जानाकारी दिए । बैंक तथा वित्तीय संस्थाको पहुँच भन्दा केही टाढा रहेका मदानपुर, जररेथुमबासीले आशा लघुवित्तले प्रभु मनिको सेवा दिने भएपछि हर्षित देखिएका छन ।



