
बैंकिङ खबर।
बैकिङ क्षेत्रमा प्राविधिक तहमा अग्रणी रूपमा रहेको लक्ष्मी बैंकले आफ्ना ग्राहकलाई सधैँ डिजिटल बैकिङ प्रयोग गर्न प्रोत्साहन गर्ने गरेको छ। त्यसैक्रममा लक्ष्मी बैंकले आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण लिएर आएको छ।
#DigitalDecember नाम गरिएको सो योजना ले विभिन्न पुरस्कार र छुटहरुको माध्यमद्वारा ग्राहकहरुलाई डिजिटल बैकिङ प्रविधिहरुको प्रयोग गर्न प्रोत्साहन गर्दछ। यो एक महिने अभियानको उद्देश्य ग्राहकहरूलाई बैंकको डिजिटल बैंकिङ सेवाहरूमा दर्ता तथा सक्रिय गराई तिनको प्रयोग गर्न आकर्षित गर्नु हो।
डिजिटल डिसेम्बरको यस संस्करण QR भुक्तानीको प्रवर्द्वन गर्नमा केन्द्रित छ र लक्की ड्रद्वारा आफ्ना ग्राहकहरुलाई QR भुक्तानी गर्न र व्यवसायीहरुलाई QR बाट लेनदेन गर्न प्रोत्साहन गर्दछ । यस योजना अन्तर्गत, डिजिटल डिसेम्बर भरी हरेक हप्ता ३ भाग्यशाली QR व्यवसायीहरुले रु.५,००० नगद पुरस्कार जित्न सक्नेछन् भने प्रत्येक दिन ५ जना भाग्यशाली QR भुक्तानी गर्ने ग्राहकले रु.५०० सम्मको ५०% क्यासब्याक जित्न सक्नेछन्।
साथै यस योजनाको अवधिभरी, मोबाइल मनीका नयाँ प्रयोगकर्ताहरुले मोबाइल मनी मार्फत रु.१००० भन्दा बढीको कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्ये ५०० जना भाग्यशाली ग्राहकहरुले डिसेम्बर महिनाको अन्त्यमा रु.५०० क्यासब्याक पाउन सक्नेछन् । यसका साथसाथै डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्न डिजिटल डिसेम्बर महिनाभरी मोबाइल मनी सब्स्क्राइब गर्ने सबैले एक महिना सो सेवा नि:शुल्क पाउन सक्नेछन्।
डिजिटल डिसेम्बरको यो संस्करण सुरु भैसकेको छ। लक्ष्मी बैंकले यस अन्तर्गतका पुरस्कारका योजनाहरु यसै सातादेखि सार्वजनिक गर्दै जाने बताएकाे छ।