Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनएमबि बैंककाे साधारण सभा पुस २२ गते बस्ने

२०७८ मंसिर १४ गते

बैंकिङ खबर।

एनएमबि बैंकले २६औं वार्षिक साधारण सभा बाेलाएकाे छ। बैंकले पुस २२ गते साधारण सभा गर्ने भएको हाे।

कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको थियाे। सभाले १२ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने बताइएकाे छ।

यस्तै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशाधनको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल थपघट गर्न निर्देशन दिएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि बुक क्लोजको मिति भने तय गरेको छैन।

Ad