Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंक अफ काठमाण्डू लिमिटेडको ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

२०७८ मंसिर १३ गते

बैंकिङ खबर।

बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आइरहेका गोपाल खत्रीलाई दुर्घटनाजन्य पूर्ण अशक्त्तता वापत पाँच लाखको बीमा दाबी रकम हस्तान्तरण गरेको छ।

उक्त खातावाहक खत्रीको दुर्घटनामा परि पूर्णरुपमा अशक्त्तता भएकाले बैंकले बीमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्सुरेन्स कम्पनी लिमिटेडसँग समन्वय गरी रकम हस्तान्तरण गरेको हो। बैंकको लुम्बिनी प्रदेशको नेपालगंज प्रादेशिक कार्यालयका प्रमुख गणेश खत्रीले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक गोपाल खत्रीलाई हस्तान्तरण गरे।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८२ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।

Ad